काठमाडौं । उपराष्ट्रपति रामसायप्रसाद यादव अस्पताल भर्ना भएका छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि उपराष्ट्रपति यादवलाई सोमबार राति महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा लगिएको थियो ।
चिकित्सकहरूका अनुसार उनको रक्तचाप बढेको थियो । हाल उनको सामान्य अवस्थामा उपचार भइरहेको छ ।