काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालको तीनदिने औपचारिक भ्रमणमा आएकी भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनबीच भेटवार्ता भएको छ ।
आइतबार भएको भेटमा उनीहरुबीच दुवै मुलुकमा धार्मिक समानता रहेको तथा धार्मिक र सांस्कृतिक पर्यटनका प्रचुर सम्भावनाबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको हो ।
दुवै मुलुकबीचको सम्बन्ध मित्रता, सद्भावना र सार्वभौमिकताको सम्मानमा आधारित रहेको र अन्तर्राष्ट्रिय मञ्चमा साझा धारणाका साथ अघि बढ्ने सम्बन्धमा उनीहरुबीच छलफल भएको बताइएको छ ।
द्विपक्षीय व्यापार, लगानी, डिजिटल प्रविधिलगायत विषयमा र जनस्तरको सम्बन्ध अघि बढाउने विषयमा उनीहरुबीच छलफल भएको छ । भियतनामका तर्फबाट यो पहिलो उच्चस्तरीय भ्रमण हो ।
उपराष्ट्रपति सुआन भ्रमण सम्पन्न गरी भदौ ९ गते स्वदेश फिर्ता हुने तालिका रहेको छ ।
FACEBOOK COMMENTS