काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल र विपक्षी दल नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीबीच भनाभन भएको छ ।
आज बिहीबार बसेको समितिको बैठकमा सभापति पोखरेल र सांसद मोदीबीच चर्काचर्की भएको हो ।
समितिमा आफूहरूलाई बोल्न नदिइएको र सार्वजनिक लेखा समिति सार्वभौम हुने भन्दै सांसद मोदीले कुरा उठाएपछि विवाद सुरु भएको थियो । उनले संसदीय समितिको नेतृत्व विपक्षी दललाई दिन भन्दा त्यस्तो नहुने भनिएको भनेपछिसभापति पोखरेलले जवाफी प्रतिक्रिया दिँदा नोकझोँक भएको हो ।
हेर्नहोस् भिडिओ–
FACEBOOK COMMENTS