काठमाडाैं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा डाकेको छ ।
सञ्चालक समितिको बैठकको निर्णय अनुसार संस्थाको दशौं वार्षिक साधरणसभा चैत्र २८ गते मंगलबार बस्ने भएको हो ।
संस्थाले उक्त वार्षिक साधारणसभा प्रयोजनका लागि चैत १६ गतेदेखि २८ गतेसम्म वित्तीय संस्थाको सेयर दाखिला खारेज बन्द गर्ने निर्णय गरेको छ ।
संस्थाले सामान्य र विशेष गरि दुई प्रकारका प्रस्ताव पारित गर्नेछ ।
संस्थाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले आर्थिक वर्ष ०७८/०७९ को वार्षिक प्रतिवेदन पेश गर्ने र सो उपर छलफल गरी पारित गर्ने ।
त्यस्तै, लेखापरीक्षकको प्रतिवेदन सहित ०७९ आषाढ मसान्तसम्मको वासलात तथा सोही मितिमा समाप्त आर्थिक वर्ष ०७८/०७९ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने तयारी रहेकाे जनाएकाे छ ।
FACEBOOK COMMENTS