काठमाडौं । मंगलबारदेखि भृकुटी मण्डपमा सुरु भएको १७औं संकरणको नाडा अटो शो भव्यताका साथ सम्पन्न भएको छ । यस पटकको अटो शोमा दिपलको उड्ने ट्याक्सी, ह्युमनोइड रोबर्ट र रोबटिक्स डग मुख्य आकर्षणको केन्द्रमा रहे ।
नाडा अटो शोको १७औं संकरण सम्मको दौरानमा यस वर्ष भने नाडाले पहिलोपटक भिन्टेज कारका लागि अलग्गै ठाउँ दिएर प्राथमिकताका साथ प्रदर्शनीमा राखेको थियो । यो गाडी बिक्रीका लागि भने राखिएको होइनन् ।
१९४०/५० को दशकका फोर्ड, मुस्टाङ, मर्सिडिज, अस्तिन क्राइसलरलगायत ९ वटा भिन्टेज कार प्रदर्शनीमा राखिएका छन् ।
जसले नाडा अटो शो अवलोकन गर्न आएका सर्वसाधारणहरुको ध्यान खिच्न सफल भयो ।
प्रदर्शनीमा राखिएको ति भिन्टेज गाडीहरुले अवलोकन कर्ताको ध्यान मात्र खिचेको छैन । विभिन्न कालखण्डमा उत्पादन भएका गाडीको इतिहासलाई समेत उजागर गरेको छ ।
प्रदर्शनी राखिएका प्राय जसो भिन्टेज कारहरु राणाकालमा बोकेर ल्याइएका कार हुन् । त्यसैले ति भिन्टेजकारहरु नेपाली बजारका कसरी गाडी भित्रिएका थिए र समय परिवर्तनसंगै नेपाली बजारमा भित्रिएका गाडीको कथालाई प्रस्तुत गरेको छ ।
नाडा अटो शोमा राखिएका भिन्टेज कारहरु
मर्सिडिज २३० एसएल (डब्ल्यू ११३)
मर्सिडिज –बेन्जले निर्माण गरेको मर्सिडिजको २३० एसएल (डब्ल्यू ११३.०४२ मोडल नाडा अटो शोको प्रदर्शनीमा राखिएको छ । सेतो रङको एक्स्पोमा रहेको उक्त कारले सबैको ध्यान खिचेको छ ।
मर्सिडिज – बेन्ज २३० एसएल डब्ल्यू ११३ एक दुई सिटको रोडस्टर हो । जुन १९६३ को जिनेवा मोटर शोमा प्रस्तुत गरिएको थियो ।
यसले मर्सिडिज–बेन्जको पहिलो मोडल डब्ल्यू १९८ र डब्ल्यू १२१ लाई प्रतिस्थापन गरेको थियो ।
डब्ल्यू ११३लाई मुख्य रूपमा १९० एसएल र ३०० एसएल बीचको दूरीलाई कभर गर्नको लागि डिजाइन गरिएको थियो ।
मर्सिडिजका प्राविधिक निर्देशक प्रोफेसर फ्रिट्ज नालिंगरले यसको डिजाइनलाई सुन्दर र आकर्षक तरिकाले प्रस्तुत गरेका थिए ।
उक्त मोडल लगभग १९ हजार ८ सय ३१ युनिट उत्पादन भएको थियो ।
सिङ्गर एबी रोडस्टर (१९४४)
नाडा अटो शो २०२५ मा राखिएको अर्काे भिन्टेज कार हो, बेलायती गाडी निर्माता सिङ्गर मोटर्स लिमिटेड द्वारा निर्माण गरिएको सिङ्गर एबी रोडस्टर (१९४४) ।
यो गाडी आज पनि क्लासिक कारप्रेमीहरूका लागि एक ऐतिहासिक र दुर्लभ मोडलका रूपमा चिनिन्छ ।
आकर्षक डिजाइनका कारण सुरुवाती चरणमा यसको माग बढेको थियो तर प्रथम विश्वयुद्धका कारण केही महिनामै उत्पादन स्थगित गरियो ।
डिजाइनका हिसाबले, सिङ्गर रोडस्टर निकै स्लिम र आकर्षक थियो । जसले यसलाई त्यो समयको सबैभन्दा सुन्दर रोडस्टरहरू मध्ये एक बनाएको थियो ।
सन् १९५५ मा यसको अन्तिम उत्पादन गरिएको थियो । त्यसपछि यस मोडलको उत्पादन बन्द भयो ।
केही विशेष संस्करणका सिङ्गर ४४, मोडेलहरू भने चर्चित कोचबिल्डर जेम्स यङ द्वारा डिजाइन गरिएको थियो ।
उत्पादन सङ्ख्या अत्यन्त सीमित रहेको यो मोडेल आजको दिनमा अत्यन्तै दुर्लभ र संकलन योग्य कार मानिन्छ ।
यस गाडीमा १.१ लिटरको ४ सिलिण्डर इन्जिन प्रयोग गरिएको थियो । जुन ४– स्पीड म्यानुअल गियरबक्स सँग जोडिएको थियो ।
आजको सन्दर्भमा सिङ्गर एबी रोडस्टर एउटा क्लासिक धरोहर बनेको छ ।
फोर्ड मोडेल ए
नाडा अटो शोमा राखिएको अर्काे भिन्टेज कार हो, १९२८ फोर्ड मोडेल ए । फोर्ड मोटर कम्पनीले निर्माण गरेको फोर्ड मोडेल ए नेपालमा भित्रिएको पहिलो गाडी मानिन्छ । जसलाई मानिसले बोकेर काठमाडौं सम्म ल्याएका थिए ।
प्रति घण्टा ६५ माइलको यात्रा तय गर्न सक्ने फोर्डको उत्पादन १९२८ सम्म करिब ६ लाख ३३ हजार ५ सय ९४ युनिट भएको मानिन्छ ।
सन् १९२७ को डिसेम्बरमा फोर्डले जब नयाँ मोडेल ए सार्वजनिक गर्याे, त्यसले कारप्रेमीहरूमा एक किसिमको हलचल नै ल्यायो ।
सार्वजनिक भएको पहिलो हप्तामै करिब १ करोड मानिसहरूले यो गाडी प्रत्यक्ष रूपमा हेरेको बताइन्छ ।
फोर्ड हेर्न आउने भीड धेरै भएकाले शहरहरूले ट्राफिक व्यवस्थापनका लागि प्रहरी नै खटाउनु परेको कथा पनि सुनिन्छ ।
माग उच्च भए पनि उत्पादन पक्षको हिसाबले सुरुमा चुनौती थियो । फोर्डले मोडेल ए को लागि रूज प्लान्टमा नयाँ असेंब्ली लाइन बनाएको थियो । तर त्यो सुरुमा पूर्ण क्षमतामा चल्न सकेन ।
सन् १९२९ तिर मात्र गाडीको उत्पादन तीव्र गतिमा अघि बढ्यो । उक्त समयमा दिनमा ९,०० युनिट सम्म उत्पादन हुन्थ्यो । यो नेपालमा भित्रीएको पहिलो गाडी पनि हो ।
१९३३ फोर्ड मोडल बी
फोर्ड मोटर कम्पनीले सन् १९३२ मा बजारमा ल्याएको फोर्ड मोडेल बीले उक्त समयमा अमेरिकी सडकमा आफ्नो छुट्टै पकड बनाएको थियो ।
१९३३ मा मात्रै करिब ३ लाख ३५ हजार युनिट उत्पादन भएको यस मोडल इनलाइन ४–सिलिन्डर ३.३ लिटर इन्जिनबाट सञ्चालित थियो ।
यसमा झुकाइएको ग्रिल, लामो ह्वीलबेस, र एयरोडायनामिक बडी डिजाइनजस्ता विशेषताहरू छन् ।
फोर्डले यस मोडेललाई रोडस्टर, क्याब्रियोलेट, सेडान र कुपेजस्ता अनेक बडी स्टाइलमा उपलब्ध गराएको थियो । जसले हरेक प्रकारका ग्राहकलाई लक्षित गरेको देखिन्थ्यो ।
किफायति मूल्य र मजबुट बनावटका कारण त्यो समयमा सहरमा बसोबास गर्ने सर्वसाधारण विच निकै नै लोकप्रिय बनेको थियो ।
सन् १९३० को दशक जब संसार आर्थिक मन्दीको चपेटामा थियो सोहि समयमा उत्पादन भएको मोडल बी नवप्रवर्तन र आशाको प्रतीक बन्यो ।
त्यसैले यो गाडी आज भिन्टेज कारप्रेमीहरूका लागि इतिहास बोक्ने संग्रहित मोडेल बनेको छ ।
१९६७ फोर्ड मुस्ताङ
१९६७ फोर्ड मुस्टाङ एक नयाँ युगको शुरुवात रहेको जानकारहरु बताउछन् ।
जसले पहिलेको पोनी कार डिजाइनलाई पूर्ण रूपमा नयाँ रूप दिएको थियो । यो गाडी फोर्डको सबैभन्दा प्रमुख मोडेलमा रूपान्तरण भएको थियो ।
जसको अन्य मोडल भन्दा ठूलो शरीर र शक्तिशाली इन्जिन रहेको थियो ।
यसले ३९० सियाल्डी र ४२८ कोब्रा जेट जस्ता शक्तिशाली भि८ इन्जिनका कारण गाडीलाई परिस्कृत बनाएको थियो ।
विश्वका गाडी पारखीहरुमा विशेष स्थान हासिल गरेको फोर्ड मुस्ताङको १९६७ सम्म ३५ लाख भन्दा बढी युनिट उत्पादन भएको थियो ।
१९५६ मर्सिडिज १९० एसएल डब्लु१२१
सन् १९५५ देखि १९६३ सम्म उत्पादनमा रहेको मर्सिडिज–बेन्ज १९०एसएल (डब्लु१२१) लक्जरी रोडस्टर हो ।
यो रोडस्टर पहिलोपटक १९५४ को न्यूयोर्क अटो शो मा प्रोटोटाइपका रूपमा देखाइएको थियो ।
त्यति बेला नै यसले गाडी पारखीहरूलाई लोभ्याएको थियो ।
यसको उत्पादनको सुरुआत सन् १९५५ को मे महिनामा भएको थियो भने १९६३ को फेब्रुअरी सम्म करिब २५ हजार ८८१ युनिट उत्पादन गरियो ।
त्यसैले यो आजको दिनमा अत्यन्तै दुर्लभ र मूल्यवान मोडेलको रूपमा चिनिन्छ ।
यस गाडीमा १.९ लिटरको इनलाइन–४ इन्जिन राखिएको थियो ।
यसको आखै लोभिने बडी स्टक्चर, क्रोम एक्सेन्टहरू र सफ्ट–टप कन्भर्टिबल डिजाइन ले गाडीलाई अझै सुरुचिपूर्ण र ग्रान्ड टुर शैलीमा प्रस्तुत गरेको थियो ।
१९७० मर्सिडीज २८०एस डब्लु१०८
जर्मनको मर्सिडीज बेन्ज कम्पनीले निर्माण गरेको १९७० मर्सिडीज २८०एस डब्लु१०८ पनि नाडा अटो शोको प्रदर्शनीमा राखिएको छ ।
यो मोडल १९७० सम्म २७ हजार युनिट उत्पादन भएको थियो । मर्सिडीज बेन्ज २८०एस, डब्लु–१०८/डब्लु–१०९ एस–क्लास को एक भेरियन्ट थियो । यसलाई सन् १९६८ मोडल वर्षका लागि प्रस्तुत गरिएको थियो ।
२८०–एस लाई छोटो डब्लु–१०८ च्यासिसमा बनाइएको थियो र यसलाई मर्सिडीजको एम–१३० एञ्जिनले शक्ति प्रदान गर्छ ।
यस कार्बाेरेटेडले २.८एल इञ्जिनले १३८ पावर उत्पादन गथ्र्याे जुन सामान्य ४ स्पीड म्यान्युअल गियरबक्स वा वैकल्पिक ४ स्पीड अटोमेटिक ट्रान्समिशन मार्फत पछाडिको चक्कामा पठाइन्थ्यो ।
डब्लु–१०८/डब्लु–१०९ को उत्पादन १९७२ सम्म भएको थियो । उक्त समय सम्म ७४ हजार ६ सय ७७ युनिट उत्पादन भएका थिए ।
बहुप्रष्ठित डब्लु–१०८ सिरिजको हिस्सा, २०८–एसको विलासिता, उन्नत इन्जिनियरिङ, सुरक्षा र नवप्रवर्तनलाई समेटेको थियो ।
१९६० क्राइस्लर न्यु योर्कर
१९६० क्राइस्लर न्यु योर्कर अमेरिकन कार बजारमा एक आइकन थियो । १९४० देखि १९९६ सम्म उत्पादनमा रहेको यो कारको क्राइस्लर ब्रान्डलाई प्रतिष्ठित बनाएको थियो ।
विभिन्न समयमा, यो ब्रान्डको फ्ल्यागशिप मोडेलका रूपमा वा क्राइस्लर इम्पेरियलको जूनियर सेडानका रूपमा प्रस्तुत गरिएको थियो ।
न्यू योर्कर स्पेशल नामको एक ट्रिम स्तर १९३८ मा प्रस्तुत भएको थियो । जबकि न्यू योर्क नाम १९३९ मा पहिलो पटक प्रयोगमा आएको थियो ।
न्यू योर्करले क्राइस्लरलाई एक उच्चस्तरीय ब्रान्डको रूपमा स्थापित गर्याे, जसले बुयिक, ओल्ड्समोबाइल र मर्क्युरी जस्ता उच्च मूल्यका मोडेलहरूसँग प्रतिस्पर्धा गर्न सक्षम भएको थियो ।
उक्त समयमा न्यू योर्कर क्राइस्लरको सबैभन्दा प्रतिष्ठित मोडेल भएको थियो र यसलाई धेरै दशकसम्म सेडान, कूप, कनभर्टिबल र वागन जे—सेडान, कूप, कनभर्टिबल र वागन जस्ता विभिन्न डिजाइनहरूमा उपलब्ध गराइएको थियो ।
१९५५ अष्टिन प्रिन्सेस डिएम४ भान्डेन प्लास
१९५५ अष्टिन प्रिन्सेस डिएम४ भान्डेन प्लास एक शाहि ब्रिटीस लक्जरी कारको प्रतिक हो ।
१९५० को दशकमा यो कार अष्टिन मोटर कम्पनी द्धारा निर्माण गरिएको थियो र यसको उत्पादनको सङ्ख्या ३ हजार युनिट भन्दा पनि कम थियो ।
त्यसैले त आज यसलाई एक दुर्लभ र मुल्यवान मोडल बनाएको छ ।
यो कार ४.० एल इनलाइन – ६ इञ्जिनका साथ उत्पादन हुन्थ्यो । जसले स्मूथ ड्राइभ, लक्जरी अनुभव प्रदान गथ्र्याे । यसको डिजाइन विशेष गरि लक्जरीका लागि बनाइएको थियो ।
प्रिन्सेस डिएम४ लाई उच्च वर्गका व्यक्तिहरु बीचमा एक स्टाटस सिम्बलको रुपमा स्थापित थियो ।
आज पनि यो मोडल ब्रिटीस मोटरिङको इतिहासमा र शाही प्रतिकको रुपमा प्रसिद्ध छ । यसको दुर्लभ र उत्कृष्ट कारीगरीले यसलाई एक मूल्यवान संग्रहणीय गाडी बनाएको छ ।
FACEBOOK COMMENTS