काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक सांसदहरूको नामावली आजै टुंग्याउने भएको छ ।
पार्टी सचिवालय बैठक बसेर नामावली टुंग्याउने तयारी भएको हो । निर्वाचन आयोगले आजसम्मको समय दिएको छ । सभापति रवि लामिछाने अस्वस्थ भएका कारण आजको बैठक भर्चुअल रुपमा बस्ने भएको छ ।
पार्टी प्रवक्ता मनिष झाले आजै नामावली टुंग्याएर बुझाउने तयारी भइरहेको जानकारी दिएका छन् । उनले मन्त्रीहरूको विषयमा औपचारिक छलफल प्रारम्भ नभएको बताए ।
उनले भने– ’औपचारिक रूपमा मन्त्रीको जिम्मेवारी क–कसले लिने भन्ने विषयमा छलफल पनि भएको छैन ।निर्वाचन आयोगले अन्तिम परिणामसहितको प्रतिवेदन बुझाउनै बाँकी छ । समय आएपछि यस विषयमा छलफल गर्छौं ।’
सरकार गठनको तयारी भने माघ ५ गते बालेन्द्र शाहलाई प्रधानमन्त्री घोषणा गर्ने दिनदेखि नै शुरू भएको उनले बताए ।

FACEBOOK COMMENTS