काठमाडौँ । मलेसियाको भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गरेका छन् । त्यसपछि दुवैले संयुक्त पत्रकार सम्मेलन गरेका छन् ।
पत्रकार सम्मेलनको क्रममा मोदीले दुई देशबीचको बढ्दो सम्बन्धलाई समर्थन गर्न भारतले मलेसियामा नयाँ वाणिज्य दूतावास पनि खोल्ने घोषणा गरेका छन् ।
प्रधानमन्त्री मोदीले भने– ’भारत र मलेसियाको धेरै विशेष सम्बन्ध छ । हामी समुद्री छिमेकी हौं । शताब्दीयौंदेखि हाम्रा जनताबीच गहिरो र सौहार्दपूर्ण सम्बन्ध रहेको छ। आज, मलेसिया भारतीय मूलको जनसंख्या भएको विश्वको दोस्रो ठूलो देश हो । पछिल्ला केही वर्षहरूमा, हाम्रो सम्बन्धले नयाँ गति प्राप्त गरेको छ, र मेरा मित्र प्रधानमन्त्री अनवर इब्राहिमले यसमा विशेष योगदान दिएका छन् । ऊर्जा, पूर्वाधार र निर्माणमा हाम्रो सहयोग उल्लेखनीय रूपमा बलियो भएको छ ।’
प्रधानमन्त्री मोदीले डिजिटल अर्थतन्त्र, बायोटेक र आईटीमा पारस्परिक लगानी बढेको बताउदै यी उपलब्धिहरूबाट प्रेरित भएर, दुई देशबीचको साझेदारीमा अभूतपूर्व गति र गहिराइ ल्याउने निर्णय गरेको बताए ।
उनले सुरक्षा क्षेत्रमा, आतंकवाद विरोधी, गुप्तचर साझेदारी र समुद्री सुरक्षामा सहयोगलाई सुदृढ गर्ने बताउदै रक्षा सहयोगलाई पनि अझ विस्तार गर्ने बताए । साथै उनले एआई र डिजिटल प्रविधिहरूसँगै, अर्धचालक, स्वास्थ्य र खाद्य सुरक्षामा साझेदारीलाई अगाडि बढाउने समेत घोषणा गरेका छन् ।

मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले भारत र मलेसियाले व्यापार, लगानी, कनेक्टिभिटी र रक्षामा सहयोग विस्तार गर्न जारी राख्ने बताए । उनले पर्यटन र कनेक्टिभिटी त्यस्ता क्षेत्रमा ध्यान केन्द्रित गर्नुपर्ने बताउडिया गत वर्ष यो क्षेत्रमा ठूलो वृद्धि देखेको बताए । उनले भिसा नियमहरू सहज बनाउने र हवाई कनेक्टिभिटी बढाउने कुराबाट थप लाभ उठाउने आशा गरेको बताए ।

FACEBOOK COMMENTS