काठमाडौं । आज अपराह्न साढे ४ बजे बस्ने भनिएको संसद बैठक सूचना टाँसेर स्थगित भएको छ ।
सभामुख देवराज घिमिरेले आगामी बिहीबार बिहान ११ बजेसम्मका लागि सूचना टाँसेर बैठक स्थगित गरेका हुन् ।
त्यसअवधिमा सहमति गरेर आउन दलहरूलाई उनले अनुरोध गरेका छन् ।
आज आधा घण्टाको लागि स्थगित भएको बैठक समयमा बस्न नसकेपछि संसद सचिवालयले सूचना प्रकशित गरेर साढे ४ बजेका लागि तोकेको थियो ।
आजको बैठकमा रास्वपाका सांसदहरु निलो रिबन लगाएर उपस्थित भएपछि कांग्रेसले आपत्ति जनाएको थियो । कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले संसदमा मर्यादित भएर आउनु पर्ने भन्दै रास्वपाका सांसदहरुले निलो रिबन लगाएर आएको प्रति आपत्ति जनाउदै सचेत गराउन र कारवाही गर्न सभामुखसँग माग गरेका थिए ।
कांग्रेसको आपत्ति पछि सभामुखले ३० मिनेटका लागि स्थगित गरेको बैठक शुरु हुन सकेको थिएन ।
संसदको वातावरण सहज बनाउन सभामुख घिमिरे र गृहमन्त्री लेखकबीच छलफल, के राजीनामा आउँदैछ ?
FACEBOOK COMMENTS