काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसामा हुने गरेको मानव तस्करीबारे छानबिनका लागि सरकारले बनाएको उच्चस्तरीय समिति नमान्ने बताएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले शङ्करदास बैरागी नेतृत्वको छानबिन समितिले समस्याको समाधान नगर्ने भन्दै संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गरेका छन् ।
डा. वाग्लेले बैरागी स्वयम् सक्षम निकायको रडारमा भएकाले उनले कस्तो छानबिन गर्छन् भन्दै प्रश्न गरेका छन् । उनले गृहमन्त्रीको प्रस्तावमा छानबिन समिति बनेको भन्दै आरोपीले नै आफ्नो अनुसन्धान अधिकृत छान्ने हो ? भन्दै प्रश्न गरे । उनले बैरागी पछिल्लो १० बर्षमा सत्ताको प्रियपात्र रहेको समेत बताए ।
यो समस्या लुटको कुरा, संगठित समस्या भएको बताउँदै यस्तो समितिले यो विषयको छानबिन गर्न नसक्ने वाग्लेले बताए । उनले यो विषय छानबिन गर्न संसदीय छानबिन समिति या बहालवाला वा पूर्वन्यायाधीशको संयोजकत्वमा छानबिन समिति गठन हुनुपर्ने बताए ।
FACEBOOK COMMENTS