काठमाडौं । गोर्खा सैनिकहरूले देखाएको बहादुरी, प्रतिवद्धता र बफादारीलगायत विषयहरूबारे नेपाल आर्ट काउन्सिल बबरमहलमा ‘भिजुअल कला प्रदर्शनी’ भइरहेको छ ।
आगामी १३ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा गोर्खा सैनिकहरूले देखाएको बहादुरी, प्रतिबद्धता र वफादारीका कथाहरू सुन्दै आफ्नो बाल्यकाल बिताएका कलाकार सुजाना श्रीसको प्रदर्शनीमा अनुसन्धान, फिल्डवर्क, अन्तर्वार्ता र सिर्जनात्मक कलाकृतिहरू समावेश गरिएको छ ।
यस्तै, गोर्खा महिलाहरूको खोज अनुसन्धानको क्रममा ७ जिल्लाको भ्रमण गरे । गोर्खा महिलाहरूको कलाकृति (स्केचहरू) र उनीहरूका आफ्नै अनुभवहरूका कथनहरूको संयोजनको प्रदर्शनी एकतर्फी गोर्खा इतिहासको विगत २०० वर्षको अवधिमा उनीहरूको मौन वा बेवास्ता गरिएको भूमिकालाई सम्मान गर्ने प्रयास भएको आयोजकको भनाइ छ ।
अर्कोतिर इतिहास अभिलेखमा फ्रान्सेली कार्ट्रिरज पेपरमा ग्रेफाइट माध्यम प्रयोग गरी जम्मा १७ वटा फरक गोर्खा महिलाको स्केच पोट्रेटहरू छन् । सबै साक्षात्कारकर्ताहरू ७० वर्ष भन्दा माथि उमेरका थिए । यो वर्ष नेपाल र ग्रेट ब्रिटेनले डिसेम्बर २१, १९२३ मा शाश्वत शान्ति र मित्रताको सन्धिमा हस्ताक्षर गरेर नेपाललाई स्वतन्त्र सार्वभौमसत्ता राष्ट्र र साम्राज्यको ‘मित्र’ को रूपमा मान्यता पाएको युगको १००औं वार्षिकोत्सवको समय पनि हो ।
हामीले त्यो इतिहासको शताब्दी वर्ष मनाउने क्रममा ३० भन्दा बढी ठूला द्वन्द्वहरूमा बेलायतको सेवा गरेका गोर्खाहरूलाई याद नगर्नु अनुचित हुनेछ, विशेष गरी पहिलो विश्वयुद्धमा ९० ७८० सैनिक र दोस्रोमा १ लाख ३८ हजार । साथ साथै ओझेलमा परेका गोर्खा महिलाहरुको भूमिका शैक्षिक र सामाजिक निष्पक्षता सहित पहिचान गर्ने बेला आएको छ ।
६ दिने भिजुअल आर्ट प्रदर्शनी ‘गुर्गा वमेन इको इन द स्टोरी’ तग शुक्रबार नेपालका लागि बेलायतका राजदूत रोब फेनले उद्घाटन गरेका थिए ।
श्रीस क्रिएटिभ आर्ट्स इनिसिएटिभ, यती एयरलाइन्स, द ब्रिटिस कलेज, भर्सेली गोर्खा समाज र गोर्खा वेलफेयर ट्रस्ट (नेपाल) बीचको सहकार्यमा प्रदर्शनी आयोजना गरिएको हो ।
FACEBOOK COMMENTS