काठमाडाैं । भिभोले आफ्नो नयाँ स्मार्टफोन भिभो वाई–२९ लाई काठमाडौंको स्काइवाक टावर, कमलादी मा सार्वजनिक गरेको छ ।
भिभोले एक समारोहका साथ प्रमुख मिडियाहरू र ईनफ्लुन्सेरहरुको उपस्थितिमा भिभो वाई–२९ आधिकारिक रुपमा सार्वजनिक गरेको हो ।
यो फोनमा ६५०० एमएएचमा क्षमताको ब्याट्री लाई मुख्य विशेषता छ ।
भिभोको ब्लु वल्ट टेक्नोलोजीले फोनले लामो समयसम्म सहज प्रयोग सहयोग गर्छ ।
४४ वाट फ्ल्यास चार्जको साथमा ४८०० एमएएच सम्मको रिभर्स चार्जिङ, साथै ईमरजेन्सी पावर सेभिङ मोडको सहायताले १.५ ब्याट्रीमा पनि आवश्यक सम्पर्क कायम राख्न सक्षम बनाउँछ ।
साथै, ५ वर्षसम्मको ब्याट्री ग्यारेन्टी भउकाे याे फाेनकाे डिजाइन युनिक नि देखिन्छ।
थ्रीडी कभर्ड ब्याकप्लेट र मेटालिक हाई–ग्लस फ्रेमले स्टाइल र समात्न सजिलोपन दुबै प्रदान गर्छ। नोबल ब्राउन र एलीगन्ट ह्वाइट रंग विकल्पमा उपलब्ध यो फोनमा डायनामिक लाइटसहितको आकर्षक क्यामेरा मोड्युल छ, । फोनमा प्रयोग गरिएको शट अल्फा ग्लासले यसलाई ड्रप, डस्ट र स्प्ल्यास प्रूफ बनाउँछ ।
प्रदर्शन र फिचरको संयोजनमा भिभो वाई–२९ अत्यन्तै प्रभावशाली छ । ८ + ८ जि बी को विस्तारित ¥याम र २५६ जि बी स्टोरेजले गर्दा मल्टिटास्किंग झन्झटरहित मल्टिटास्किंगको सुनिश्चित गर्छ । १२० हर्ट्ज रिफ्रेश रेट, १००० निट्ससम्मको ब्राइटनेस, र टीयूभी राइनल्याण्ड लो ब्लू लाइट डिस्प्ले र ४००% अडियो बुस्ट सहितको डुअल स्टीरियो स्पिकरजस्ता फिचरहरू छन् ।
फोटोग्राफीप्रेमीका लागि, भिभो वाई–२९ मा ५० एमपी एचडी मुख्य क्यामेरा छ । एआई– ईरेज र एआई–फोटो ईनह्यान्समेन्टजस्ता स्मार्ट टुल्सले सम्पादनलाई अझ सहज बनाउँछ ।
भिभो वाई–२९ अहिले नेपालभरिका सबै रिटेल स्टोरहरूमा र दराज अनलाइनमा उपलब्ध छ । यसको प्रारम्भिक मूल्य २४,९९९ राखिएको छ । सशक्त ब्याट्री, मजबुत बनावट र स्मार्ट फिचरहरूसहितको भिभो वाई–२९ एक यस्तो स्मार्टफोन हो, जसले प्रदर्शन, सौन्दर्य र दीर्घकालीन प्रयोगको आदर्श संयोजन प्रदान गर्छ ।
FACEBOOK COMMENTS