काठमाडौं । विश्वव्यापी अग्रणी स्मार्टफोन ब्राण्ड भिभोले दराज ६.६ मेगा मिड–इयर सेलको अवसरमा जुन ६ देखि जुन १० सम्म विशेष अफरहरू सार्वजनिक गरेको छ । यस मिड–इअर उत्सवले ग्राहकहरूलाई अतुलनीय डिल, थप आकर्षक उपहारहरू र विशेष छुटहरू प्रदान गर्दै अनलाइन खरिदलाई पहिलेभन्दा अझै रोचक र लाभदायक बनाएको छ ।
नेपालभरका ग्राहकहरूलाई आफ्नो नवीन प्रविधि थप पहुँचयोग्य बनाउने उद्देश्यसहित भिभोले यस अफरमार्फत आफ्नो अनलाइन उपस्थिति विस्तार गर्दै आकर्षक डिलहरू प्रस्तुत गरेको छ । पाँच दिनको यस सेल अवधिमा दराजमा भिभो स्मार्टफोनको हरेक खरिदमा भिभो बड्स, एप्रो १० इअरबड्स, र क्लिपबड्सजस्ता उच्च गुणस्तरका अडिओ सामानहरू निःशुल्क उपहारस्वरूप प्राप्त गर्नेछन् ।
आकर्षक उपहार बण्डलका अतिरिक्त भिभोले आफ्नो भिभो वाई १९ एस र भिभो बड्समा पनि विशेष छुटहरू ल्याएको छ । भिभो वाई १९ एस अब १ हजार रुपैयाँसमको मूल्य कटौतीका साथ उपलब्ध हुने छ भने भिभो बड्स ३३% छुटसहित ३ हजार ९९९ रुपैयाँमा उपलब्ध हुने छ ।
‘हामी दराजसँग ६.६ मेगा मिड–इयर सेलको लागि सहकार्य गर्न पाउँदा निकै उत्साहित छौं,’ भिभो नेपालका ब्राण्ड म्यानेजर दिपेश खनालले भने, ‘हाम्रो लक्ष्य सबैको रोजाइको ब्राण्ड बन्नु हो र यसका लागि ग्राहकहरूले जहाँ–जहाँ किनमेल गर्छन्, हामी त्यहाँ सजिलै उपलब्ध हुनुपर्छ ।’
भिभोको यो अभिायनले सबै वर्गका उपभोक्तालाई सहज र भरपर्दो प्रविधिमा पहुँच उपलब्ध गराउने उद्देश्य राखेको छ ।
FACEBOOK COMMENTS