काठमाडौं । स्मार्टफोन ब्रान्ड भिभोले दराज ६.६ मेगा मिड–इयर सेलको अवसरमा जुन ६ देखि जुन १० सम्म विशेष अफरहरू सार्वजनिक गरेको छ ।
यस मिड–इयर उत्सवले ग्राहकहरूलाई अतुलनीय डिल, थपआकर्षक उपहारहरू, र विशेष छुटहरू प्रदान गर्दै अनलाइन खरिदलाई पहिलेभन्दा अझै रोचक र लाभदायक बनाएको छ ।
नेपालभरका ग्राहकहरूलाई आफ्नो नवीन प्रविधि थप पहुँच योग्य बनाउने उद्देश्य सहित भिभोले यस अफरमार्फत आफ्नो अनलाइन उपस्थिति विस्तार गर्दै आकर्षक डिलहरू प्रस्तुत गरेको छ ।पाँच दिनको यस सेल अवधिमा, दराजमा भिभो स्मार्टफोनको हरेक खरिदमा भिभो बड्स, एप्रो १० इयर बड्स, र क्लिपबड्स जस्ता उच्च गुणस्तरका अडियो सामानहरू निःशुल्क उपहार स्वरूप प्राप्त गर्नेछन् ।
आकर्षक उपहार बन्डलका अतिरिक्त, भिभोले आफ्नो भिभो वाई १९एस र भिभो बड्समा पनि विशेष छुटहरू ल्याएको छ । भिभो वाई १९एस अब रु १,००० सम्मको मूल्य कटौतीका साथ उपलब्ध हुनेछ भने भिभो बड्समा ३३ प्रतिशत छुट सहित मात्र रु ३,९९९ मा उपलब्ध हुनेछ ।
‘हामी दराजसँग ६।६ मेगा मिड–इयर सेलको लागि सहकार्य गर्न पाउँदा निकै उत्साहित छौं,’भिभो नेपालका ब्रान्ड म्यानेजर दिपेश खनालले भने ।‘हाम्रो लक्ष्य सबैको रोजाइको ब्रान्ड बन्नु हो, र यसकालागि ग्राहकहरूले जहाँजहाँ किनमेल गर्छन्, हामी त्यहाँ सजिलै उपलब्ध हुनुपर्छ।’
यो अभियानले भिभोको बजार उपस्थितिमा विविधता ल्याउने र डिजिटल क्षेत्रमा आफ्नो पकड बलियो बनाउने भिभोको प्रतिबद्धतालाई जोड दिन्छ, जसअन्तर्गत ब्रान्डले सबै वर्गका उपभोक्तालाई सहज र भरपर्दो प्रविधिमा पहुँच उपलब्ध गराउने उद्देश्य राखेको छ ।
FACEBOOK COMMENTS