काठमाडाैं । भिभो नेपालले एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ।
काठमाडौंको छाउनीस्थित भिभो नेपालको कार्यालय परिसरमा फागुन २७ गते आयोजित यो शिविर कर्पोरेट सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत सञ्चालित थियो। स्थानीय बासिन्दा, भिभोका कर्मचारी र सञ्चारकर्मीलाई लक्षित गरी आयोजित उक्त शिविरमा २०० भन्दा बढीले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरे।
चिनियाँ अनुभवी चिकित्सकहरूको सहयोगमा सञ्चालित शिविरमा ईसीजी, अर्थोपेडिक्स, स्त्रीरोग, आन्तरिक चिकित्सा, पारम्परिक चिनियाँ चिकित्सा र दन्त स्वास्थ्य जाँचसहित परामर्श प्रदान गरिएको थियो। यो पहलले भिभो नेपालको सामुदायिक स्वास्थ्य र कल्याणप्रतिको प्रतिबद्धतालाई झल्काउँछ।
भिभो नेपालका ब्रान्ड म्यानेजर दीपेश खनालले भने, “हामी एक जिम्मेवार संस्थाको रूपमा समुदायसँग बलियो सम्बन्ध बनाउन चाहन्छौं। स्मार्टफोन ब्रान्ड मात्र नभई समाजको विश्वासिलो साझेदार बन्ने हाम्रो लक्ष्य हो। यो स्वास्थ्य शिविरमार्फत हामी प्रविधिबाहेक मानिसको जीवनमा सकारात्मक प्रभाव पार्न प्रयासरत छौं। गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु हाम्रो सामाजिक दायित्वको मुख्य हिस्सा हो। हामी समाजसँगै दिगो विकासमा विश्वास गर्छौं।”
यो शिविरले भिभो नेपालको सामाजिक उत्तरदायित्व र समुदायसँगको सम्बन्धलाई थप मजबुत बनाएको छ। नवीनता र सामुदायिक सेवामा जोड दिँदै भिभोले समाजमा सकारात्मक योगदान पुर्याउने उद्देश्य राखेको छ। आगामी दिनमा पनि यस्ता स्वास्थ्य शिविर र अन्य सामाजिक गतिविधिमार्फत स्वस्थ र सशक्त समुदाय निर्माणमा भिभो नेपालको प्रतिबद्धता कायम रहने बताइएको छ।
FACEBOOK COMMENTS