काठमाडौं । भिभोले आफ्नो ‘वाई’ श्रृङ्खलाको अत्यन्तै उत्कृष्ट मोबाइल ‘भिभो वाई–२८’ नेपालमा सार्वजनिक गरेको छ ।
काठमाडौंको कमलादीस्थित २५६ फिट अग्लो स्काइवाक टावरबाट आज सो मोबाइल नेपालमा सार्वजनिक गरिएको हो ।
लगातार मनोरञ्जनका लागि अद्वितीय ब्याट्री जीवन भएको यो मोबाइल नयाँ प्रविधि र नवीनताको एक अर्को कीर्तिमान भएको कम्पनीले दाबी गरेको छ । साथै, ‘भिभो वाई २८’ आफ्नो वाई शृङ्खलाको अत्यन्तै उत्कृष्ट सदस्य भएको पनि कम्पनीले बताएको छ ।
७.९९ मिमि अल्ट्रा–स्लिम बडीमा ६ हजार एमएएच पावरफुल ब्याट्रीको साथ भिभोले स्मार्टफोन डिजाइनलाई पुनः परिभाषित गरेको भन्दै ‘भिभो वाई–२८’ दुई अद्वितीय रङ ग्लीमिङ ओरेञ्ज र एगेट ग्रीन कलर भेरियन्टमा उपलब्ध हुने जानकारी दिएको छ ।
यसको सौन्दर्यलाई अझ बढाउन यसमा मेटालिक हाइ–ग्लोस फ्रेम र अद्वितीय रूपमा निर्मित रियर क्यामेरा मोड्युल छन्, जसमा डाइनामिक लाइट समावेश छ भने संगीत र नोटिफिकेसनसहरूसँग सिङ्क गरी एक आकर्षक दृश्य र श्रवण अनुभव प्रदान गर्ने बताइएको छ ।
‘भिभो वाई–२८’ विशाल ६ हजार एमएएच ब्याट्रीसँग सुसज्जित छ, जसमा ४४ वाट फ्ल्यास चार्ज पनि छ, जसले विस्तारित गेमिङ र पूर्ण दिनको आउटिङका लागि पर्याप्त शक्ति प्रदान गर्दछ । यसको स्थायित्वका लागि यसमा चार वर्षको ब्याट्री हेल्थ ग्यारेन्टी दिइएको छ, जसले एक हजार ६०० चार्ज साइकल पछि पनि कम्तीमा ८०% क्षमताको साथ ब्याट्रीलाई मजबुत राख्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
साथै, ‘भिभो वाई–२८’ मा ९० हर्टज रिफ्रेश रेट र हाइ ब्राइटनेस मोड भएको सनलाइट आई–प्रोटेक्शन स्क्रिन छ, जसले स्पष्ट दृश्य र कम आँखा थकान सुनिश्चित गर्दछ । यस स्क्रिनमा टीयूभी राइनल्याण्ड लो ब्लू लाइट प्रमाणीकरण पनि समेटिएको छ, जसले आँखालाई हानिकारक नीलो प्रकाशबाट सुरक्षा प्रदान गर्दछ । डुअल स्टीरियो स्पिकरको साथ ३००% अडियो बुस्टर सुविधा पनि रहेको ‘भिभो वाई–२८’ ले एक अद्वितीय अडिओ–भिजुअल अनुभव प्रदान गर्दछ ।
‘भिभो वाई–२८’ मा रहेको ५० एमपी एचडी मुख्य क्यामेराले सबै विवरणलाई स्पष्टतासहित क्याप्चर प्रयोगकर्ताहरूलाई प्रशंसनीय फोटोग्राफी अनुभव प्रदान गर्दछ । ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा औरा स्क्रिन लाइटसँग सुसज्जित छ, जसले सेल्फीहरूलाई अझ उज्यालो र जीवन्त तुल्याउँछ ।
प्राविधिक प्रगतिमा भिभोको प्रतिबद्धतालाई अनुशरण गर्दै, ‘भिभो वाई–२८’ ले स्मार्टफोनले के गर्न सक्छ भन्ने सीमाहरूलाई पार गर्दछ । यसलाई भोलिदेखि सबै भिभो रिटेल स्टोरहरूमा र अनलाइन दराजमार्फत उपलब्ध हुने छ । यस्तै, ८÷१२८ जीबीको मूल्य २४ हजार ९९९ र ८÷२५६ जीबीको मूल्य २६ हजार ९९९ रूप्रयाँ कायम गरिएको छ ।
FACEBOOK COMMENTS