काठमाडौँ । रुसको सुदूर पूर्वमा ६०० वर्षभन्दा बढी समयपछि पहिलो पटक ज्वालामुखी विस्फोट भएको छ । यो ज्वालामुखी गत हप्ताको शक्तिशाली भूकम्पसँग सम्बन्धित हुन सक्ने बताइएको छ ।
ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानले यस क्षेत्रमा अन्तिम विस्फोट १४६३ मा भएको थियो र त्यसबेलादेखि अहिलेसम्म कुनै पनि विस्फोट भएको रेकर्डमा रहेको छैन।
कामचट्का क्षेत्रको आपतकालीन सेवा मन्त्रालयले कामचट्का तटमा ६.८ म्याग्निच्युडको भूकम्प गएको रिपोर्ट गरेपछि यो आएको हो ।
कामचटकाको क्राशेनिनिकोभ ज्वालामुखीले रातारात लगभग छ किलोमिटर उचाइसम्म खरानी फ्याँकेको मिडिया रिपोर्टमा उल्लेख छ । रुसको आपतकालीन मन्त्रालयले जनसंख्या भएका क्षेत्रहरूमा कुनै खतरा नभएको बताएको छ ।
दुवै घटनाहरू बुधबारको शक्तिशाली भूकम्पसँग सम्बन्धित हुन सक्ने बताइएको छ, जुन गत हप्ता सोही क्षेत्रमा गएको थियो । यो ८.८ रेक्टर स्केल मापन गरिएको थियो । भूकम्पपछि फ्रान्सेली पोलिनेसिया र चिली जस्ता टाढाका क्षेत्रहरूमा पनि सुनामी चेतावनी जारी गर्नुपरेको थियो ।
FACEBOOK COMMENTS