काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा बुधबार बिहान ९ः२० बजेदेखि सुरु भएको मतदान विहीबार बिहान करिब पौने ७ बजे सकिएको हो ।
नयाँ नेतृत्व चयनका लागि २ हजार २६३ प्रतिनिधि चयन भएकोमा २ हजार २२७ मत खसेको एमाले नेता विशाल भट्टराईले जानकारी दिएका छन् । यस अनुसार ९८.२७ प्रतिशत मतदान भएको छ ।
केन्द्रीय निर्वाचन आयोगले ८ बजेदेखि मतगणनाको तयारी गरेको छ भने करिब २ घण्टामा गणना सकिने भएको छ । त्यसपछि बिहान ११ बजे महाधिवेशन स्थल भृकुटीमण्डपमा समापन समारोह हुने भएको छ
FACEBOOK COMMENTS