काठमाडौं । दुई लाख ९ हजार ५५२ जना नयाँ मतदाता थपिएका छन् ।
निर्वाचन आयोगले दिएको जानकारीअनुसार मङ्गलबार मात्रै २३ हजार ६३८ नयाँ मतदाता थपिएका छन् । जसमा १३ हजार ६६ पुरुष, १० हजार ५६७ महिला र अन्य समूहबाट ५ जना मतदाता थपिएका छन् ।
नयाँ मतदाता दर्ता सुरु भएयता एक लाख २२ हजार ७४० पुरुष, ८६ हजार ७८५ महिला र २७ जना अन्य मतदाता थपिएका छन् ।
नयाँ मतदाता दर्ताको समय कात्तिक ३० गतेसम्म तोकिएको छ । तर, अहिले देखिएको चापलाई हेर्दा उक्त अवधिमा दर्ता नभ्याउने देखिएकाले समयावधि थप गर्न सरकारले सुझाव दिएको छ ।
FACEBOOK COMMENTS