काठमाडौं । । देशभर उत्साहजनक रुपमा मतदान जारी रहेको छ । छिटफुट घटना बाहेक मतदान शान्तिपूर्ण रुपमा नै जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।
अहिलेसम्म देशभर करिब ६ प्रतिशत मतदान भएको छ । जसमा काठमाडौँ उपत्यकामा ५।२८ प्रतिशत, बागमती प्रदेशमा ७।११ प्रतिशत, गण्डकी प्रदेशमा ९।२३ प्रतिशत, कोशी प्रदेशमा ३।५३ प्रतिशत, मधेश प्रदेसमा कारब ५ प्रतिशत, कर्णाली प्रदेशमा ७ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा करिब ५ प्रतिशत मतदान भएको छ ।
अहिलेसम्म दोलखाको तामाकोशी गाउँपालिका–४, मालुस्थित गोल्मेश्वर मावि बुथमा विवाद हुदा मतदान रोकिएको छ भने सर्लाहीमा विवाद हुदा रोकिएको मतदान सुचारु भएको छ । त्यस्तै ओखलढुंगाको मानेभन्ज्याङ टोक्सेलमा अहिलेसम्म स्थानीयले मतदान बहिस्कार गरेका छन् ।
प्रादेशिक अस्पताल स्थापना गर्न जग्गा दिएका स्थानीयहरूले अस्पताल स्थापना गर्ने कार्य सरकारले अघि नबढाएपछि उनीहरुले आम भेला गरेर नै मतदान प्रक्रियामा सहभागी नहुने निर्णय गरेको बताइएको छ ।
FACEBOOK COMMENTS