काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले भिपिएन र डिएनएस प्रयोगले आर्थिक दुरुपयोगका घटना बढेको जनाएको छ । ब्यूरोका उप–निर्देशक समेत रहेका प्रहरी उपरीक्षक नरेन्द्र चन्दले भिपिएन र डिएनएसले महत्त्वपूर्ण विवरणहरूमा पहुँच पुर्याउने जनाएका हुन् ।
पछिल्लो समय भिपिएन प्रयोग गरेर सामाजिक सञ्जाल टिकटक चलाउनेहरू बढेका छन् । नेपाल सरकार मन्त्रीपरिषद् बैठकको निर्णयबाट भिडियो प्लेटफर्म सामाजिक सञ्जाल टिकटक नेपालमा बन्द गरिएको छ ।
पूर्ण रूपमा प्रसारणमा बन्देज लगाएको सामाजिक सञ्जाल टिकटक भिपिएन र डिएनएस जस्ता असुरक्षित अवैध माध्यमबाट सञ्चालनमा छ भन्ने सूचना प्राप्त भएको उनले जानकारी दिए । भिपिएन र डिएनएस प्रयोगले गर्दा प्रयोगकर्ताको डिभाइसमा रहेका महत्त्वपूर्ण डाटा, व्यक्तिगत विवरण, बैंङ्कीङ विवरणहरूको समेत पहुँच पुर्याइ चोरी भई आर्थिक दुरुपयोगका घटना साइबर सुरक्षाको दृष्टिकोणले समेत बढिरहेको पाइएको उनले विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसको प्रयोगले प्रयोगकर्ताको डिभाइसमा पहुँच पुर्याएर आर्थिक दुरूपयोग समेत हुनसक्ने ब्युरोले जनाएको छ।
FACEBOOK COMMENTS