पोखरा । वाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्ला भएको छ । आयोजक संस्था पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसनले स्टल बुकिङ खुल्ला भएको जनाएको छ ।
नाडा अटोमोबाइल्स् एसोसिएसन अफ नेपालको प्रस्तुतीमा आगामी चैत ११ देखि १५ गतेसम्मको पोखरा लेकसाइड, तालबराही चोकस्थित खेल मैदानमा अटो शो हुनेछ ।
अटो शोमा स्टल राख्न चाहनेहरुले फागुन १२ गतेदेखि १९ गतेसम्म स्टल बुकिङ गर्न सक्नेछन् । प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्स्पोजिशन एण्ड मेनेजमेन्ट सर्भिसेजले गर्नेछ भने स्टल बुकिङकालागि इच्छिुक कम्पनी/संस्थाहरूले eventsgems@gmail.com वा 9801541538 मा सम्पर्क गरी जानकारी लिन सक्न जनाइएको छ ।
पहिलो संस्करणको अपार सफलता पछि पोखरामा अटो शोलाई निरन्तरता दिइएको वाडाका अध्यक्ष दिपेन्द्र कोइरालाले बताए । सवारी साधन खरिद बिक्री एवं पोखरा क्षेत्रमा भइरहेका आधुनिक प्रविधि विकासतर्फ सवारी धनी, सम्भावित ग्राहक एवं आम सर्वसाधारणको रुचिलाई ध्यानमा राखी अटो शो आयोजना गरिएको उनले बताए ।
FACEBOOK COMMENTS