पोखरा । नाडा प्रिजेन्ट्स ‘वाडा अटो शो, २०२६’ पोरखामा सुरू भएको छ ।
पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) ले पोखराको लेकसाइड, बाराही खेल मैदानमा आयोजना गरेको पाँच दिने अटो शो गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाश बहादुर केसील एक कार्यक्रमबीच उद्घाटन गरे । यो शो अगामी १५ गतेसम्म जारी रहने छ ।
शोमा १६ वटा ब्राण्डका चार पांग्रे, ६ वटा ब्राण्डका लाइट कमर्सियल, १० वटा ब्राण्डका दुई पांग्रे, एउटा हेभी कमर्सियल लगायत लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण र अन्य एसेसोरिजहरू तथा वित्तीय संस्थाहरूका २० वटा स्टलहरू रहेको वाडा अध्यक्ष दिपेन्द्र कोइरालाले जानकारी दिए ।

उनका अनुसार पुराना गाडीहरू अटो शोको विशेष आकर्षण हुन् । साथै, रोबोटिक्सहरू पनि प्रदर्शशन र अटोमोबाइल क्षेत्रमा भएका अत्याधुनिक प्रविधि विकास एवम् नव प्रवर्तनसँग आम सर्वसाधारणलाई साक्षात्कार गराउने तयारीले प्रदर्शनीलाई थप रोचक र आकर्षक बनाएको छ । शोमा युनी ट्रि जि वान ह्युमानोइड रोबोट, युनीट्रि गो टु, चंखे जस्ता आकर्षक रोबोटहरू प्रर्दशनमा राखिएका छन् ।

FACEBOOK COMMENTS