काठमाडौँ । तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट काँग्रेस छोडेका स्वर्णिम वाग्ले, ईश्वर लामिछाने र डा. रुपक विक घिमिरे उम्मेदवार हुने भएका छन् ।
नेपाली कांग्रेसबाट उपचुनावमा टिकट नपाएपछि वाग्ले रास्वपाबाट उम्मेदवार बनेका हुन् ।
वाग्लेले बिहीबार काँग्रेस पार्टी परित्याग गरेलगत्तै रास्वपाले उम्मेदवार बनाएको हो । रास्वपाले चितवन २ मा रवि लामिछाने र बारा २ मा रमेश खरेल र युवराज न्यौपानेलाई उम्मेदवार बनाउने भएको छ ।
यस्तै निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा कांग्रेसबाट गोविन्द भट्टराई र एमालेबाट सर्वेन्द्र खनाल उम्मेदवार हुने भएका छन् । आगामी वैशाख १० उपचुनाव हुनेछ ।
FACEBOOK COMMENTS