काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेले मालदार मन्त्रालयमा १० औँ करोडको डिल हुने गरेको बताएका छन् ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा यस्तो आरोप लगाएका हुन् । ‘कुशासनका कुराहरू छन्, पैसा कहाँबाट आउँछ, पैसाले राजनीतिलाई कसरी मलजल गरिरहेको छ, लोकतन्त्रलाई विकृत बनाइरहेको राजनीतिमा पैसाको भूमिका कस्तो छ ? भन्ने कुरा जोडिएको छ । अन्य परम्परागत पार्टी, पुराना पार्टीहरूमा टिकटको किनबेच, यहाँ कुनै पनि हस्तक्षेप भएन । हामी ढुक्कले उम्मेदवार बुझ्न सक्यौँ । अन्य पार्टीहरूमा वडा सदस्यको लागि पनि पैसा दिनुपर्छ । झनै मालदार मन्त्रीहरूका लागि कस्तो हुन्छ ? मालदार मन्त्रालयमा त १० औँ करोडको डिले हुन्छ भन्ने छ, उनले भने, ‘यसले टिकट पाउनकै लागि त्यत्रो महँगो भयो भने चुनावी खर्च कति हुन्छ ? सत्तामा पुगिसकेपछि झन् के हुन्छ ? त्यसैले यो पैसाले हाम्रो राजनीतिलाई असाध्य विकृति बनाइरहेको छ । त्यसलाई क्लिनअप गर्नको लागि प्राइमरीको कन्सेप्टलाई यो पार्टीले अवलम्वन गरेको छ । त्यो भनेको सुशासनको पहिलो खुड्किला हो ।’
पैसाले राजनीतिलाई विकृत बनाइरहेको बताएका छन् ।
FACEBOOK COMMENTS