तनहुँ । तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा स्वर्णिम वाग्ले निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मतगणना अनुसार उनले ३४ हजार ९११ मत प्राप्त गरेका छन् ।
उनको प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मत प्राप्त गरे । त्यस्तै नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ४८८ मत प्राप्त गरेको सहायक निर्वाचन अधिृकत मीनबहादुर कुंवरले जानकारी दिए ।
यसैगरी राप्रपाका शोभा गुरुङले दुई सय १८, नागरिक उन्मुक्ति पार्टीका भीमबहादुर सुनारले ९९, नेमकिपाका रामप्रसाद प्रजापतिले ३१, नेकपा समाजवादीका गणेश श्रेष्ठले पाँच, मङ्गोल नेशनल अर्गनाइजेशनका प्रेमबहादुर थापाले एक सय ६६ र राष्ट्रिय जनमुक्तिका पूर्णबहादुर रानाले ८७ मत प्राप्त गरे ।
निर्वाचनमा ६५ हजार तीन सय १६ मत खसेकामा ६४ हजार एक सय ३५ मत सदर भएको थियो भने एक हजार एक सय ८१ मत बदर भएको थियो । तनहुँ–१ का प्रतिनिधिसभा सदस्य नेपाली काङ्ग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भएपछि रिक्त यो स्थानमा आइतबार निर्वाचन भएको थियो ।
FACEBOOK COMMENTS