काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँदिल्लीमा संक्षिप्त भेटवार्ता भएको छ।
नयाँदिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित ‘एनडीटीभी वल्र्ड समिट २०२६’ का क्रममा उनीहरुबीच भेट भएको हो। भेटका क्रममा के–के छलफल भयो भन्नेबारे अर्थ मन्त्रालयले विस्तृत जानकारी सार्वजनिक गरिसकेको छैन।
समिटमा सहभागी हुन हिजो नै नयाँदिल्ली पुगेका अर्थमन्त्री डा. वाग्लेले ‘निकटताबाट समृद्धि: भारत–नेपाल अवसर’ शीर्षकको विशेष सत्रलाई समेत सम्बोधन गरे।
उनले नेपाल र भारतबिचको द्विपक्षीय आर्थिक सम्बन्ध, व्यापार विस्तार तथा सहकार्यका सम्भावित अवसरहरूबारे आफ्नो धारणा राखे।