काठमाडौं । दुई वटा डिजिटल वालेट कम्पनी सिटी वालेट प्रालि र छिटो पैसा प्रालिबीच मर्ज भएका छन् ।
मर्जरपछि यी दुवै संस्थाले अब ‘सिटी वालेट प्रालि’ को नामबाट एकीकृत सेवा सञ्चालन गर्ने भएका छन् ।
राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले दिएको जानकारी अनुसार, मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान भइसकेको छ । दुवै कम्पनीका सम्पूर्ण सम्पत्ति तथा दायित्व अब नयाँ संरचनामा रहेको सिटी वालेट प्रालिले सम्हाल्नेछ।
दुवै वालेटका सेवा अब आगामी वैशाख ३ गते बिहीबारदेखि एकीकृत रूपमा सञ्चालनमा आउनेछन् । यसपछि प्रयोगकर्ताहरूले एउटै प्लेटफर्म सिटी वालेट मार्फत डिजिटल भुक्तानी सेवा उपयोग गर्न सक्नेछन् ।
यो मर्जर ‘भुक्तानी तथा फछ्र्यौट विनियमावली (पहिलो संशोधन), २०७७’ को विनियम ३७ को उप–विनियम १३ अनुसार सम्पन्न गरिएको जनाइएको छ ।
