काठमाडौँ । स्थानीयको अवरोधका बीच बिहीबार बञ्चरेडाँडामा २ सय ८४ गाडी फोहोर विसर्जन गरिएको छ ।
काठमाडौँबाट फोहोर बोकेर बञ्चरेडाँडा पुगेका गाडीलाई स्थानीयले अवरोध गरे पनि प्रहरी परिचालन गरेर फोहोर विसर्जन गरिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।
स्थानीयको अवरोध हटाउन बिहीबार पनि ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो ।
महानगरले सामान्य अवरोधपछि २८४ गाडी फोहोर खसेको बताए ।
FACEBOOK COMMENTS