काठमाडौँ । आइतबारदेखि नेपालमा शुरुहुने आइसीसी महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायर प्रतियोगिताको ट्रफी सार्बजनिक गरिएको छ । ग्लोबल क्वालिफायरमा १० देशका कप्तानसहित ट्रफी शनिबार सार्बजनिक गरिएको हो ।
आइतबार प्रतियोगिताको पहिलो दिन चार खेल हुदैछन् । जस अनुसार नेपालले थाइल्याण्डको सामना गर्दै छ भने यो खेल टियु क्रिकेट मैदानमा हुदैछ । त्यस्तै अपर मुलपानी क्रिकेट मैदानमा अमेरिका र बंगलादेश खेल्दैछन् । त्यस्तै आजै अर्को खेल जिम्बाबे र नेदरल्याण्डस टियु क्रिकेट मैदानमा खेल्दैछन् भने अपर मुलपानी क्रिकेट मैदानमा आयरल्याण्ड र पीएनजी खेल्ने तालिका रहेको छ । क्यानले दर्शकका लागि निस् शुल्क प्रवेश हुने जानकारी दिएको छ ।
जनवरी १८ देखि फेब्रुअरी १ सम्म आयोजना हुन लागेको ग्लोबल क्वालिफायरमा १० देशले भाग लिदैछन् । १० मध्ये शिर्ष चार देश इङल्याण्डमा २०२६ को जुनमा हुने महिला टी-२० विश्वकपमा छनौट हुनेछन् ।
ग्लोबल क्वालिफायरमा समुह ए मा आयरल्याण्ड, स्कटल्याण्ड, थाइल्याण्ड, अमेरिका र जिम्बाबे रहेका छन् भने समुह बी मा बंगलादेश, नामिबिया, नेपाल, नेदरल्याण्डसर पिएनजी रहेका छन् ।
FACEBOOK COMMENTS