काठमाडौं । नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य एवं पूर्वशिक्षामन्त्री गिरिराजमणी पोखरेलले अहिलेको गठबन्धन आगामी चुनावसम्म कायम रहने बताएका छन्। धनगढीमाई नगरपालिकाको प्रथम सम्मेलनलाई सम्बोेधन गर्दै उनले माओवादी विनासर्त गठबन्धनसँग मिलेर चुनावमा जाने बताएका हुन् ।
‘अहिलेको गठबन्धनसँग मिलेर हामी चुनावमा पनि जान चाहन्छौँ । तर, कांग्रेसले यथास्थिति एमसीसी पास गराउने प्रस्ताव ल्याइरहेको छ । यतिबेला हामी देश छान्ने कि, गठबन्धन रोज्ने भन्ने अवस्था आयो भने हामी देश छान्छौं,’ उनले भने ।
चुनावमा समीकरण गर्ने नाममा कुनै पनि अपारदर्शी, देश र जनतालाई आघात पुग्ने सहमति गर्न नसकिने उनले बताए ।
पोखरेलले एमालेले अब बामपन्थी पार्टी नरहेको जिकिर गरे । एमालेको अहिलेको नेतृत्व निरंकुशतार्फ अघि बढिरहेको जिकिर गर्दै उनले एमाले नेतृत्व मुलुकलाई कमजोर बनाउने र निरंकुशतातर्फ लैजाने क्रममा रहेको बताए ।
FACEBOOK COMMENTS