काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको प्रभाव रहेको जानकारी दिएको छ ।
हाल कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भागमा र बाँकी प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लागेको छ। कोशी र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बादल लागेको छ तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ । कर्णाली र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरू, गण्डकी , लुम्बिनी प्रदेश लगायत कोशी प्रदेशको पहाडी र हिमाली भू-भागका केही स्थानहरू तथा बाँकी प्रदेशको थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना सहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ। कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी र हिमाली एक-दुई स्थानमा भारी वर्षा/हिमपातको सम्भावना रहेको छ।
त्यस्तै आज राती देशभर अधिकांश बादल लाग्नेछ। कर्णाली, सुदुरपश्चिम र गण्डकी प्रदेशको धेरै स्थानहरू र बाँकी प्रदेशका केहीस्थानहरूमा मेघगर्जन/चट्याङ्ग /असिना सहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ ।
FACEBOOK COMMENTS