काठमाडौं । देशका विभिन्न स्थानमा पानी परेको छ ।
निरन्तर पानी परेपछि जल तथा मौसम विज्ञान विभागले नदी आसपासका क्षेत्रमा यात्रा गर्दा सतर्कता अपनाउन भनेको छ ।
विभागले विष्णुमती नदीको गोङ्गबु जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको जनाको छ । बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र आसपास बसोबास गर्ने र विष्णुमती नदी किनार भइ यात्रा गर्नेहरुलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
FACEBOOK COMMENTS