काठमाडौं । मौसमविद्हरूले यस वर्षको तिहारको भाइटीकाकै दिन वर्षा हुने पूर्वानुमान गरेका छन् । यस वर्ष भाइटीका कात्तिक १८ गते परेको छ ।
पश्चिमी वायुको प्रभावले कात्तिक १८ र १९ गते देशका धेरै ठाउँमा वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका हुन् ।
जल तथा मौसम विज्ञान केन्द्रीय विभागका एक मौसमविद्का अनुसार पश्चिमी वायुको प्रभावले आगामी आइतबार अपराह्नदेखि सोमबारसम्म लगातार वर्षा हुने सम्भावना देखिएको हो ।
आइतबारको तुलनामा सोमबार धेरै ठाउँमा वर्षा हुने सम्भावना छ । आइतबार कोशी प्रदेशका जिल्लामा र सोमबार मधेस, बागमती र गण्डकी प्रदेशमा समेत वर्षा हुने सम्भावना छ ।
सोमबारपछि भने मौसम सफा हुनेछ ।
FACEBOOK COMMENTS