काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भुवनसिंह गुरुङ विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नरेश गेलाललाई ६१ मतान्तरले पराजित गरेका छन् ।
शुक्रबार भएको निर्वाचनमा अध्यक्ष गुरूङले ४२८ मत पाएका छन् । गेलालले ३६७ मत पाएका छन् ।
संघमा प्रथम उपाध्यक्षमा सुजित कुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा देवकुमार खोखाली, तृतीय उपाध्यक्षमा बैकुण्ठ पौडेल वैभव, महासचिवमा महेशकुमार बस्नेत विजयी भएका छन् ।
यस्तै सचिवमा कुन्छा दोर्जे डिङ्दोङ, कोषाध्यक्षमा धनु सिंजाली विजयी भए ।
यस्तै कार्यसमिति सदस्यहरुमा रेखा शर्मा, कृष्ण ढकाल, भरत सापकोटा, राज लामा तामाङ, सुवर्ण लामा, हिमा गुरूङ, रमा खड्का, देवीप्रसाद गिरी, विद्यालक्ष्मी बज्राचार्य, सुमनराज पाण्डे विजयी भए ।
FACEBOOK COMMENTS