काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जानकारी दिएको छ ।
हाल बागमती प्रदेश लगायत देशको पहाडी भू(भागमा साधारणतया बदली रही बाँकी तराई भू(भागमा आंशिक बदली रहेको छ भने बागमती प्रदेश लगयात गण्डकी प्रदेशका पहाडी भू(भागका थोरै स्थानहरू साथै मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा मध्यम वर्षा भईरहेको छ ।
त्यस्तै आज दिउँसो देशभर साधारणतया बदली रहनेछ भने सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू(भागका केही स्थानहरूमा तथा तराई भू(भागका थोरै स्थानहरूमा मेघगर्जन(चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
महाशाखाले आगामी २४ घण्टा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भाग एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा आवश्यक सतर्कता अपनाउन हुन तथा पछिल्लो मौसमी सूचनाको जानकारी लिन आग्रह गरेको छ ।
FACEBOOK COMMENTS