काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको जानकारी दिएको छ ।
त्यस्तै हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुपश्चिम प्रदेशमा साधारणतया बदली रही मधेश प्रदेशमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहेको छ भने बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा तथा बाँकी प्रदेशका एक(दुई स्थानमा हल्का वर्षा भईरहेको छ ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ भने कोशी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू(भागका धेरै स्थानहरूमा तथा तराई भू(भागका थोरै स्थानहरूमा मेघगर्जन(चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
महाशाखाले आगामी २४ घण्टा सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा पछिल्लो मौसमी सूचनाको जानकारी लिन आग्रह गरेको छ ।
FACEBOOK COMMENTS