काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको जानकारी दिएको छ ।
हाल देशभर साधारणतया बदली रहेको छ भने कोशी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली र सूदुरपश्चिम प्रदेशको एक(दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
हाल दिउँसो देशभर साधारणतया बदली रहनेछ भने देशका पहाडी भू(भागका केही तथा तराई भू(भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै कोशी प्रदेश, गण्डकी प्रदेशको पहाडी, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशको पहाडी र तराई भू(भागका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
महाशाखाले आगामी २४ घण्टा कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक(दुई स्थानमा एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ भने पछिल्लो मौसमी सूचनाको जानकारी लिन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरेको छ ।
FACEBOOK COMMENTS