काठमाडौं । यस वर्ष तिहारको समयमा उल्लेखनिय मौसम प्रणालीको प्रभाव नरहेता पनि पश्चिमी वायुको सामान्य प्रभावले देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदलीसम्म हुन सक्ने तथा पहाडी भू-भागका एक-दुई स्थानमा फाटफुट वर्षा तथा उच्च हिमाली भू-भागमा हल्का वर्षा-हिमपातको समेत सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागले आज सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने जनाएको छ ।
कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा तथा कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक(दुई स्थानमा हल्का वर्षा-हिमपातको सम्भावना रहेने जानकारी दिएको छ ।
FACEBOOK COMMENTS