काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आजराती देखि बुधबार बिहानसम्म सात जिल्लामा सतर्क रहन आग्रह गरेको छ ।
विभागले हल्का देखि मध्यम वर्षा, हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना रहेकोले गोरखा, मनाङ, मुस्ताङ, डोल्पा, म्याग्दी, कास्की र पर्वतसहित आसपासका जिल्लाहरुमा सतर्क रहन चेतावनी दिएको हो ।
विभागले बुधबार बिहानसम्म गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी वर्षा-हिमपातको पनि सम्भावना रहेको जानकारी दिएको छ ।
त्यस्तै दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, लमजुङ, हुम्ला, जुम्ला, मुगु, कालीकोट, दैलेख, जाजरकोट, सल्यान, रुकुम -पूर्व), रुकुम (पश्चिम), बागलुङ, सुर्खेत, बाँके, बर्दिया र आसपासका जिल्लाका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा, हिमाली भू-भागमा हिमपात तथा वर्षाको सम्भावना रहेकोले मौसमसम्बन्धि जानकारी अध्यावधिक रहन आग्रह गरेको छ ।


FACEBOOK COMMENTS