काठमाडौं । जल तथा मौसम विज्ञान विभागले नेपालमा हाल पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ ।
साथै हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया देखि अधिकांश बदली रही बाँकी प्रदेशमा आंशिक बदली छ । कोशी , बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भईरहेको छ ।
आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली रही मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने तथा बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने छ ।
कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षारहिमपातको सम्भावना रहेको विभागले जनाएको छ । आज राती कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मूख्यतया सफा रहने छ ।
कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको विभागले जानकारी दिएको छ ।

FACEBOOK COMMENTS