काठमाडौं । जल तथा मौसम विज्ञान विभागले नेपालमा हाल पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ र हाल कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको जनाएको छ ।
त्यस्तै बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा कोशी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भईरहेको विभागले जनाएको छ ।
आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मूख्यतया सफा रहने र कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा–हिमपातको सम्भावना रहेको विभागले जानकारी दिएको छ ।
त्यसैगरी आज राति देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मूख्यतया सफा रहने र कोशी प्रदेशको पहाडी र हिमाली भू(भागका एक(दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
FACEBOOK COMMENTS