आज देशका अधिकांश स्थानमा पानी र हिमपातको सम्भावना
              
                          
            
              
                  
                      
                          
                          	                              
                                                                  
                                                                
                                                              	कर्पोरट खबर                              
                                                      
                          
                               6:29 am, मंगलबार, कात्तिक १८, २०८२  
                          
                       
                      
                   
               
              			              
			            			          
                            
                                        
              	      
            
      
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले नेपालमा हाल पश्चिमी वायूको आंशिक प्रभाव रहेको र हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मूख्यतया सफा रहेको जानकारी दिएको छ ।
आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ ।
गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षारहिमपातको सम्भावना रहेको विभागले जनाएको छ । त्यस्तै लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जानकारी दिएको छ ।
त्यसैगरी आज राती  गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ भने गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मध्यम वर्षारहिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
              
              
              
              		              
		                            
              
                            
                          
                      		
          		          					
				 
				
FACEBOOK COMMENTS