काठमाडौं । जल तथा मौसम विभागले देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।
हाल तराईका धेरै स्थानहरूमा हुस्सु् लागेको छ । कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
देशका तराई भू–भागमा हुस्सुरकुहिरोको प्रभावले बिहानको समयमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्ने विभागले जानकारी दिएको छ ।
त्यस्तै आज दिउँसो र राति तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु–कुहिरो रहनेछ । देशको पहाडी तथा हिमाली भू(भागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।
FACEBOOK COMMENTS