काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशभर पश्चिमी वायूको प्रभाव रहेको जानकारी दिएको छ ।
हाल गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारण बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ भने सुदूरपश्चिम प्रदेशको तराईका अधिकांश स्थानहरूमा तथा बाँकी तराईको केही स्थानहरूमा हुस्सु लागेको छ ।
देशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का वर्षारहिमपातको सम्भावना रहेको साथै बिहानको समयमा तराई भू(भागमा हुस्सुरकुहिरोको समेत सम्भावना रहेकोले सोको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएकोले दैनिक जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन हुन विभागले अनुरोध गरेको छ ।
आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू-भागमा साधारण बदली रही बाँकी पहाडी भू-भागमा आंशिक बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ। तराई भू-भागका धेरै स्थानहरूमा हुस्सु र कुहिरो रहनेछ ।
त्यस्तै आज राती कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ भने तराई भू-भागका धेरै स्थानहरूमा हुस्सु रहनेछ ।


FACEBOOK COMMENTS