काठमाडौँ । जल तथा मौसम विभागले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।
हाल कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहि देशका बाँकि पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु कुहिरो रहनेछ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
FACEBOOK COMMENTS