काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ ।
हाल सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेश, लुम्बिनी प्रदेश कर्णाली प्रदेशको पहाडी तथा हिमाली भू(भागमा साधारणतया बादल लागेको छ । सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा भैरहेको छ । बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहेको छ।
आज राती कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानहरू, लुम्बिनी प्रदेशका केही स्थानहरू तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानहरूमा तथा बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा मध्यम हिमपातरवर्षा र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातरवर्षा को सम्भावना रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित असिनाको समेत सम्भावना रहेको छ ।
आज राती देशका पहाडी तथा हिमाली भू(भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू(भागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातरवर्षाको सम्भावना रहेको छ ।

FACEBOOK COMMENTS