काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।
हाल गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भू(भागमा साधारणतया बादल लागेको छ ।
बाँकी हिमाली भू–भागमा आंशिक बादल लागी तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात र वर्षा भैरहेको छ ।
आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा मध्यान्नसम्म हुस्सु र कुहिरो रहनेछ । देशका हिमाली भू–भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
त्यस्तै आज राती कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागी बाँकी पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक(दुई स्थानमा हल्का हिमपातरवर्षाको सम्भावना रहेको छ ।


FACEBOOK COMMENTS