काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको जनाएको छ ।
हाल बागमती र गण्डकी प्रदेश लगायत बाँकी पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ र बाँकी भू–भागमा आंशिक बादल लागेको छ ।
आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु–कुहिरो रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातरवर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज राती तराई भू-भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेने छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमाहल्का हिमपात र वर्षाको सम्भावना रहेको छ ।
FACEBOOK COMMENTS