काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।
हाल कर्णाली प्रदेश लगायत गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ । कोशी र लुम्बिनी प्रदेश लगायत बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ । बाँकी भू-भागमा मौसम मुख्तया सफा रहेको छ । कोशी प्रदेशको हिमाली तथा पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भैरहेको छ ।
आज दिउँसो देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी पहाडी र तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै आज राती लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा गण्डकी प्रदेशको तराई तथा बागमती र कोशी प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्ने, बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम वर्षा तथा कोशी प्रदेशको पहाडी र हिमाली भू-भाग लगायत गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।
FACEBOOK COMMENTS