काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली साथै स्थानीय वायूको प्रभाव रहेको जानकारी दिएको छ ।
हाल कोशी, मधेश र बागमती प्रदेश लगायत बाँकी पहाडी र हिमाली भू-भागमा साधारणतया बादल तथा बाँकी तराई भू–भागमा आँशिक बादल लागेको छ। कोशी र मधेश प्रदेशका केहि स्थानहरूमा बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मध्यम सम्मको वर्षारहिमपात भईरहेको छ ।
आज दिउँसो देशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ र तराई भू–भागमा आँशिक बादल लाग्नेछ भने देशको पहाडी र हिमाली भु–भागका थोरै स्थानहरू तथा कोशी र लुम्बिनी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।
त्यस्तै आज राती देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ र बाँकी पहाडी भू-भागमा आँशिक बादल लाग्नेछ तथा बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।
FACEBOOK COMMENTS